Rule 33
पुरानो काठ, दाउराको व्यवस्थापन
(१) यो नियमावली प्रारम्भ हुनु अघि डिभिजन वन कार्यालयको कार्यक्षेत्र भित्रको विभिन्न घाटगद्दीमा लिलाम बिक्री,नभई वा अन्य कुनै कारणले लामो समयसम्म रहेका पुरानो काठ, दाउरा व्यवस्थापन गर्न देहाय बमोजिमको एउटा पुरानो काठ, दाउरा व्यवस्थापन समिति रहनेछः-

(क) प्रदेश सचिव, प्रदेश मन्त्रालय -संयोजक

(ख) - प्रदेश वन निर्देशक -सदस्य

(ग) प्रमुख कोष नियन्त्रक, कोष

तथा लेखा नियन्त्रण कार्यालय “सदस्य

(घ) जिल्ला प्रशासन कार्यालयको -सदस्य

अधिकृत प्रतिनिधि

(ङ) डिभिजनल वन अधिकृत -सदस्य-सचिव (२) उपनियम (१) बमोजिमको पुरानो काठ, दाउरा व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क) काठ, दाउराको पहिचान: गरी- परिमाण यकिन गर्ने तथा स्रोत खुलेको र नखुलेको वर्गीकरण गर्ने,

(ख) लामो समयसम्म काठ, दाउरा घाटगद्दीमा रहनुको कारण: पत्ता लगाई डिभिजनल वन अधिकृतलाई आवश्यक निर्देशन दिने,

(ग) देहाय बमोजिमको लामो समयसम्म घाटगद्दीमा रहेको काठ, दाउराको पुन नापजाँच र ग्रेडिङ्ग गर्ने,

(१) साल प्रजातिको हकमा सात वर्षभन्दा बढी अवधि भएको,

(२) असना, सिसौ, टिक प्रजातिको हकमा पाँच वर्षभन्दा बढी अवधि भएको,

(३) अन्य प्रजातिको हकमा तीन वर्षभन्दा बढी अवधि भएको,

(४) दाउराको हकमा चार वर्षभन्दा बढी अवधि भएको ।

(घ) खण्ड (ग) बमोजिम गरिएको नापजाँच र ग्रेडिक्वको आधारमा काठ, दाउराको अनुसूची-६ बमोजिमको न्यूनतम मूल्य कायम गर्ने, कुनै काठ, दाउरा सडीगली काम नलाग्ने भई सो. अनुसूची बमोजिमको मूल्यमा बिक्री नहुने देखिएमा सो भन्दा कम मूल्य कायम गर्ने-र काठ, दाउरामा बिक्री नहुने लागेमा शून्य मूल्य कायम गर्ने,

(ङ) खण्ड (ग) र (घ) बमोजिम नापजाँच तथा मूल्याङ्कनको आधारमा तत्काल बिक्री बितरण गर्न डिभिजन वन कार्यालयलाई, निर्देशन दिने।

(३) उपनियम (२) को खण्ड (ङ) बमोजिमको निर्देशन भएको मितिले एक महिनाभित्र डिभिजनल वन अधिकृतले सो उपनियमको खण्ड (घ) बमोजिमको मूल्यमा त्यस्तो काठ, दाउरा बिक्री वितरणको व्यवस्था मिलाउनु पर्नेछ।

(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (२) को खण्ड (घ) बमोजिम शून्य मूल्य कायम गरी लिलाम बिक्रीको लागि दुई पटक सम्म बोलपत्र आह्वान गर्दा, पनि कसैले सकार नगरेमा उपनियम (१) बमोजिमको समितिले त्यस्तो काठ, दाउराको लगत कट्टा गर्नेछ।

(५) उपनियम (१) बमोजिमको समितिको कार्यकाल यो नियमावली प्रारम्भ भएको मितिले दुई वर्षसम्म कायम रहनेछ र सोही अवधिभित्र उपनियम (२) बमोजिमको प्रक्रिया पूरा गरी घाटगद्दीमा रहेका पुरानो काठ, दाउरा व्यवस्थापन गरी बिक्री वितरण गरी सक्नु पर्नेछ।